header image
गृह पृष्ठ
नेपालीनक्स ३.० सार्वजनिक पी डि एफ़् मुद्रण गर्नुहोस् ई-मेल
मदन पुरस्कार पुस्तकालय(मपुपु) पाटन ढोका, ललितपुरले नेपालीनक्सको अर्को संस्करण आज मिति २०६५ साल जेठ १२ गतेका दिन सार्वजनिक गरेको छ। नेपालीनक्स डेबियन र मर्फिक्समा आधारित नेपाली भाषामा स्थानीकृत गरिएको जीएनयू/लिनक्स सञ्चालन प्रणाली हो। यो खुल्ला स्रोत सफ्टवेयर जीएनयू सामान्य सार्वजनिक इजाजतपत्र (जीपीएल) अन्तर्गत विकास भएको हो। नेपालीनक्सको विकास तथा वितरण प्यान स्थानीयकरण परियोजना अन्तर्गत मदन पुरस्कार पुस्तकालयद्वारा विगत ४ वर्षदेखि गरिँदै आएको छ। यसका लागि पाकिस्तान स्थित सेन्टर फर रिसर्च इन ऊर्दू ल्याङ्ग्वेज प्रोसेसिङ(CRULP), नेशनल युनिभर्सिटी अफ् कम्प्युटर एण्ड इमर्जिङ साइन्सेस (NUCES) ले प्रबन्ध कार्यको जिम्मा लिएको छ। प्यान स्थानीयकरण परियोजनाअन्तर्गत दक्षिण तथा दक्षिण पूर्वका करिब ११ मुलुकहरूमा यो कार्यक्रम सञ्चालित छ। यस परियोजनालाई क्यानाडामा अवस्थित अन्तराष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडीआरसी) बाट सहयोग प्राप्त छ। अहिलेसम्म नेपालीनक्सका तीन छुट्टा छुट्टै संस्करणहरू, नेपालीनक्स १.०, १.१ र २.० क्रमश: डिसेम्बर २००५, अक्टोबर २००६ र जून २००७ मा सार्वजनिक भैसकेका छन्। नेपालीनक्स २.० मा जस्तै नेपालीनक्स ३.० मा पनि दुई अलग सीडी जिनोम र केडीई डेस्कटप परिवेश सहित उपलब्ध छन् भने दुवै डेस्कटप परिवेश समाविष्ट डीभीडी पनि रहेको छ। यस संस्करणमा रहेका प्रमुख विशेषताहरूमा दुई नयाँ अनुप्रयोगहरू क्रमश: पाठ सम्पादक र नेपाली शब्दकोश रहेका छन् । त्यस्तै गरि अन्य उपयोगी प्याकेजहरू पनि समाविष्ट गरिएको छ । शिक्षा सम्बन्धी प्याकेज जी-कम्प्रिस, टक्सटाइप, नेपाली हिज्जे परिक्षक र केटच टाइपिङ प्रशिक्षक आदि यस संस्करणका थप आकर्षण हुन् । प्राविधिक पक्षका बारे थप जानकारीका लागि http://nepalinux.org मा हेर्नुहोला ।पलब्ध गरिएको छ। नेपालीनक्स ३.० स्थानीकृत सञ्चालन प्रणाली नेपालीनक्सको निरन्तरता हो। नेपालीनक्सको हरेक नयाँ संस्करणसँगै यस प्रणालीलाई प्रयोगको हिसाबले जति सक्दो सरल र कम प्राविधिक बनाउने लक्ष्य मदन पुरस्कार पुस्तकालयको छ। नेपालीनक्स ३.० को प्रमुख आकर्षणहरूमा दुई डेस्कटप परिवेश मध्येमा कुनै एउटा रोजेर चलाउन सकिने सुविधा लाई लिन सकिन्छ। नेपालीनक्स ३.० प्याकेजमा दुई अलग सीडीहरू समाविष्ट छन् जसमध्ये एक सीडीमा जिनोम डेस्कटप परिवेश संलग्न नेपालीनक्स सञ्चालन प्रणाली छ भने अर्कोमा केडीई डेस्कटप परिवेश संलग्न नेपालीनक्स सञ्चालन प्रणाली छ। त्यस्तै गरी नेपालीनक्स २.० पछि नेपालीनक्स डीभीडी संस्करण पनि विकास गर्दै लगिएको छ। त्यसैको निरन्तरतास्वरूप तपाईँले अद्यावधिक रूपमा नेपालीनक्स ३.0 डीभीडी पनि प्राप्त गर्न सक्नुहुन्छ। यस डीभीडीमा केडीई र जिनोम दुवै डेस्कटप परिवेशका साथै नेपाली शब्दकोश, नेपाली पाठवाचक सफ्टवेयर, जी-कम्प्रिस शिक्षा सुट, टक्सटाइप र के-टच टाइपिङ प्रशिक्षक जस्ता अति उपयोगी अनुप्रयोगहरू पनि समावेश गरिएको छ। नेपालीनक्स स्थापनाका लागि आवश्यक न्यूनतम हार्डवेयरहरू: • पेन्टियम १ वा सो भन्दा माथिको प्रोसेसर • २५६ एमबीको र्‍याम • हार्डडिस्कमा ५.० जीबी खाली स्थान • सीडी रोम ड्राइभ नेपालीनक्स ३.० का केही विशेषताहरू १. लिनक्स कर्नेल २.६.२२ २. स्थानीकृत जिनोम डेस्कटप परिवेश संस्करण २.२० ३. स्थानीकृत केडीई डेस्कटप परिवेश संस्करण ३.५.८ ४.जी-कम्प्रिस, टक्सटाइप, केटच जस्ता शिक्षा उपकरणहरू ५. परिमार्जित हिज्जे परीक्षक सहितको स्थानीकृत ओपनअफिस डट अर्ग २.४ ६. आइसविजेल ब्राउजर (फायरफक्स) ७. एक्सकेबी र स्कीम आगत प्रणाली ८.स्थानीकृत आइसडोभ (थन्डरबर्ड) क्लाइन्ट ९. थप हार्डवेयर समर्थन १०. सुधारिएको र एकरूप अनुवाद ११. साटा हार्डडिस्क, वाईफाई कार्ड्स र ब्लूटूथ यन्त्रहरूका लागि समर्थन जिनोम डेस्कटप परिवेश समाविष्ट नेपालीनक्स ३.० लाइभ तथा स्थापना सीडीमा उपलब्ध सफ्टवेयर : • लिनक्स कर्नेल २.६.२२ • जिनोम २.२० डेस्कटप परिवेश • एक्स सर्भर एक्स अर्ग • एक्सकेबी, स्किम आगत प्रणाली • ओपनअफिस डट अर्ग २.४ • नेपाली हिज्जे परीक्षक तथा पर्यायकोश • गिम्प छवि सम्पादक • एक्स सेन स्क्यानर यूटिलिटी • जीएनयू क्यास लेखा उपकरण • एक्स च्याट आईआरसी सफ्टवेयर • गाइम कुराकानी उपकरण • विकास उपकरण (सी र सी ++) • आइसविजेल ब्राउजर • जिनोम बेकर सीडी/डीभीडी बर्निङ युटिलिटी • फायरवाल सुरक्षा • टोटेम मिडिया प्लेयर • एक्सएमएमएस एमपीथ्री प्लेयर • जिनोम खेल • जीएडिट पाठ सम्पादक • एवीवर्ड पाठ सम्पादक केडीई डेस्कटप परिवेश समाविष्ट नेपालीनक्स २.० लाइभ तथा स्थापना सीडीमा उपलब्ध सफ्टवेयर : • कर्नेल २.६.२२ • केडीई डेस्कटप परिवेश ३.५.८ • एक्स सर्भर एक्स अर्ग • एक्सकेबी, स्किम आगत प्रणाली • ओपनअफिस डट अर्ग २.४ • नेपाली हिज्जे परीक्षक तथा पर्यायकोश • कन्क्वेरर ब्राउजर • विकास उपकरण (सी र सी ++) • भीएलसी प्लेयर • केडीई पीडीएफ द्रष्टा • फायरवाल सुरक्षा • कोका स्क्यान तथा ओसीआर कार्यक्रम • कोपेट इन्स्ट्यान्ट मेसेन्जर • क्रिता पेन्टिङ तथा छवि सम्पादन उपकरण • केथ्रीबी सीडी/डीभीडी बर्निङ युटिलिटी • केडीई खेल • केडीई राइट • क्याफिन मिडिया प्लेयर नेपालीनक्सका लक्षित प्रयोगकर्ताहरू १. डेस्कटप प्रयोगकर्ता २. सरकारी कार्यालय र संघ संस्थाहरू ३. शैक्षिक संस्था, साइबर-क्याफे तथा ग्रामिण सूचना केन्द्रहरू आगामी दिनहरूमा निर्माण हुने नेपालीनक्समा प्रयोगकर्तालाई काम लाग्ने धेरैभन्दा धेरै अनुप्रयोगहरू साथसाथै प्रणाली प्रशासन (स्थापना र विघ्न निवारण)लाई जति सक्दो सहज तथा उपयोगी बनाउने तर्फ जोड दिइने छ। नेपालमा नेपालीनक्सको प्रबर्द्धन नेपाल भित्र र नेपाली भाषी रहेका अन्य क्षेत्रमा नेपालीनक्सलाई स्थापित गर्न मदन पुरस्कार पुस्तकालयको एक्लो प्रयासबाट सम्भव छैन। अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएका मानिसहरू न्यून सङ्ख्या भएको हाम्रो समाजमा स्थानीकृत स्वतन्त्र तथा खुला सफ्टवेयरको ठूलो महत्व र आवश्यकता छ। यसका बारेमा जनचेतना र प्रयोग बढाउन स्वतन्त्र तथा खुला सफ्टवेयर समुदाय, नागरिक समाज, सरकार र अन्य सबै वर्गको विशेष भूमिका रहन्छ। मदन पुरस्कार पुस्तकालयले सम्पूर्ण संघ संस्थाहरूलाई नेपालीनक्सको प्रबर्द्धनका लागि सकरात्मक र सहयोगी भूमिका खेल्न हार्दिक अपील गर्दछ। सम्पूर्ण पक्षहरूबाट प्राप्त हुने सहयोग तथा समर्थनबाट मात्रै सूचना तथा प्रविधिमाथि रहेको असमान पहुँचलाई विस्थापन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। समग्रमा नेपालीनक्स स्वतन्त्र र खुला स्रोत सफ्टवेयर(Free and OpenSource Software/ FOSS) को विशेषत: जीएनयू लिनक्सलाई प्रबर्धन गर्ने प्रयास हो। नेपालीनक्स तथा खुला स्रोत सफ्टवेयर सम्बन्धि मद्दत चाहिएमा तल दिइएका लिङ्कहरूको प्रयोग गर्न सक्नुहुनेछ: • मदन पुस्कार पुस्तकालय समर्थित फोरम: www.mpp.org.np/mppforum • नेपालीनक्स पत्रचार सूची www.nepalinux.org/lists • नेपालीनक्स विकी www.nepalinux.org/wiki • रियलटाइम क्वेरीका लागि आईआरसी (#nepalinux on irc.freenode.net) • डेबियन मिसिलिकरण www.debian.org/doc • डेबियन पत्राचार सूची http://lists.debian.org/ अन्य महत्त्वपूर्ण सन्दर्भ सूचीहरू http://forums.debian.net http://www.debianplanet.org http://www.debianhelp.org http://www.linuxquestions.org
 
< अगिल्लो   पछिल्लो >
नेपालीनक्स पुरस्कृत

एशोसियसन फर प्रोग्रेसिभ कम्युनिकेशन(एपीसी) ले नेपालीनक्सलाई क्रिस निकोल फोस पुरस्कार प्रदानगरेकोछ।

विस्तृत

 
सर्वेक्षण
के नेपाली अपरेटिङ प्रणालीले अङ्ग्रेजी नजान्ने मानिसहरुलाई कम्प्युटर चलाउन मद्दत गर्ला ?
 
अहिले कति जना अनलाइन छन्?