header image
गृह पृष्ठ arrow गृह पृष्ठ
गृह पृष्ठ
शिक्षा संस्करण सार्वजनिक

जुलाई ६, २००८ का दिन ललितपुरको पाटनढोकामा अवस्थित मदन पुरस्कार पुस्तकालय (मपुपु) ले नेपालीनक्स ३.० शिक्षा सार्वजनिक गर्‍यो ।

यस संस्करणमा जीकम्प्रिस, अफलाइन नेपाली शब्दकोश, अफलाइन अङ्ग्रेजी शब्दकोश जस्ता विभिन्न शैक्षिक प्याकेजहरू समाविष्ट गरिएको छ । साथै यसमा एलटीएसपी (लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट) समाविष्ट गरिएको छ ।

एलटीएसपी प्रणालीका माध्यमबाट लिनक्स स्थापित कुनै पनि सर्भरमा थिन क्लाइन्ट अर्थात न्यून कन्फिगरेसन भएका सञ्जाल कम्प्युटरहरूको प्रयोग गरी कार्य गर्न सकिन्छ । एउटा मुख्य कम्प्युटरबाट एकैसाथ सबै टर्मिनलहरू प्रयोग गर्न यसको प्रयोग गरिन्छ । आगत निर्गत ह्यान्डल गर्न सक्षम थिन क्लाइन्ट गरेको टर्मिनलसँग चल्छ । यसको प्रयोगबाट महङ्गो डेस्कटप मेशिन बिनानै कम्प्युटरमा पहुँच गर्न सकिने भएकाले स्कुल तथा साइबर क्याफेहरूमा एलटीएसपी बढी उपयोगी देखिन्छ । यसको राम्रो पक्ष भनेकै अन्य प्रचलित कम्प्युटरहरूभन्दा कम खर्च पर्ने थिन क्लाइन्ट मेशिनहरूको प्रयोग हो । परम्परागत रूपमा हामीले उच्च पावर भएका इन्टेल आधारित डेस्कटप कम्प्युटरहरू प्रयोगमा रहेको पाइन्छ र हरेकमा विभिन्न गिगाबाइट साइजमा रहेका हार्डडिस्क रहेका हुन्छन् । यसरी हरेक हार्डडिस्कमा आफ्नो डेटा अलग अलग गरी नै सुरक्षित गर्नुपर्दथ्यो । तर अब एलटीएसपीको प्रयोगबाट यस्तो उच्च कन्फिगरेसनका कम्प्युटर खरिद गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ। तपाईँले एउटा उच्च कन्फिगरेसनको र अन्य एकदमै न्यून तहको कन्फिगरेसन भएका कम्प्युटर किनेर फाइदा लिन सक्नुहुन्छ। यसका लागि हार्ड ड्राइभ, फ्लपी ड्राइभ र सीडी रोम हुनुपर्ने जरूरी छैन बरू त्यसको सट्टामा बुटेबल सञ्जाल कार्ड थप गरे पुग्दछ ।

अझ धेरै पढ्नुहोस्...
 
नेपाली अफिस सीडी सार्वजनिक
मदन पुरस्कार पुस्तकालय(मपुपु) ले नेपाली अफिस सीडीको पनि सार्वजनिक गर्‍यो । यस सीडीमा समावेश गरिएका केही महत्त्वपूर्ण स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरमा गिम्प छवि सम्पादन उपकरण, जी-कम्प्रिस शिक्षा उपकरण, टक्सटाइप टाइपिङ प्रशिक्षक, फायरफक्स ब्राउजर तथा थन्डरबर्ड मेल क्लाइन्ट आदि रहेका छन् । ओपनअफिस सुटमा नेपाली हिज्जे परीक्षकलाई पनि अद्यावधिक रूपमा समाविष्ट गरिएको छ। अहिले करिब साठी लाख शब्दहरूको हिज्जे परीक्षण गर्ने क्षमता यसमा रहेको छ। यस अफिस सीडीको प्रयोगबाट प्रयोगकर्तालाई स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर प्रयोगका निम्ति अनुकूल वातावरण सिर्जना हुने विश्वास लिइएको छ।
 
नेपालीनक्स ३.० सार्वजनिक
मदन पुरस्कार पुस्तकालय(मपुपु) पाटन ढोका, ललितपुरले नेपालीनक्सको अर्को संस्करण आज मिति २०६५ साल जेठ १२ गतेका दिन सार्वजनिक गरेको छ। नेपालीनक्स डेबियन र मर्फिक्समा आधारित नेपाली भाषामा स्थानीकृत गरिएको जीएनयू/लिनक्स सञ्चालन प्रणाली हो। यो खुल्ला स्रोत सफ्टवेयर जीएनयू सामान्य सार्वजनिक इजाजतपत्र (जीपीएल) अन्तर्गत विकास भएको हो। नेपालीनक्सको विकास तथा वितरण प्यान स्थानीयकरण परियोजना अन्तर्गत मदन पुरस्कार पुस्तकालयद्वारा विगत ४ वर्षदेखि गरिँदै आएको छ। यसका लागि पाकिस्तान स्थित सेन्टर फर रिसर्च इन ऊर्दू ल्याङ्ग्वेज प्रोसेसिङ(CRULP), नेशनल युनिभर्सिटी अफ् कम्प्युटर एण्ड इमर्जिङ साइन्सेस (NUCES) ले प्रबन्ध कार्यको जिम्मा लिएको छ। प्यान स्थानीयकरण परियोजनाअन्तर्गत दक्षिण तथा दक्षिण पूर्वका करिब ११ मुलुकहरूमा यो कार्यक्रम सञ्चालित छ। यस परियोजनालाई क्यानाडामा अवस्थित अन्तराष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडीआरसी) बाट सहयोग प्राप्त छ। अहिलेसम्म नेपालीनक्सका तीन छुट्टा छुट्टै संस्करणहरू, नेपालीनक्स १.०, १.१ र २.० क्रमश: डिसेम्बर २००५, अक्टोबर २००६ र जून २००७ मा सार्वजनिक भैसकेका छन्। नेपालीनक्स २.० मा जस्तै नेपालीनक्स ३.० मा पनि दुई अलग सीडी जिनोम र केडीई डेस्कटप परिवेश सहित उपलब्ध छन् भने दुवै डेस्कटप परिवेश समाविष्ट डीभीडी पनि रहेको छ। यस संस्करणमा रहेका प्रमुख विशेषताहरूमा दुई नयाँ अनुप्रयोगहरू क्रमश: पाठ सम्पादक र नेपाली शब्दकोश रहेका छन् । त्यस्तै गरि अन्य उपयोगी प्याकेजहरू पनि समाविष्ट गरिएको छ । शिक्षा सम्बन्धी प्याकेज जी-कम्प्रिस, टक्सटाइप, नेपाली हिज्जे परिक्षक र केटच टाइपिङ प्रशिक्षक आदि यस संस्करणका थप आकर्षण हुन् । प्राविधिक पक्षका बारे थप जानकारीका लागि http://nepalinux.org मा हेर्नुहोला ।पलब्ध गरिएको छ।
अझ धेरै पढ्नुहोस्...
 
सर्वेक्षण
के नेपाली अपरेटिङ प्रणालीले अङ्ग्रेजी नजान्ने मानिसहरुलाई कम्प्युटर चलाउन मद्दत गर्ला ?